Main News

रामेछापबाट प्रतिनिधिसभामा कांग्रेसका तामाङ र प्रदेशमा माओवादीका चौलागाईँ र श्रेष्ठ विजयी

हिमालय टिभी
२०७९ मंसिर ११ गते ८:४५
रामेछापबाट प्रतिनिधिसभामा कांग्रेसका तामाङ र प्रदेशमा माओवादीका चौलागाईँ र श्रेष्ठ विजयी

११ मंसिर २०७९ मन्थली । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) १६ हजार ३ सय ६९ मत अन्तरसहित विजयी हुनु भएको छ ।

आज सम्पन्न मतगणनामा तामाङ ४७ हजार ९८ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कैलाश ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी रामेछाप प्रदेश सभा २ मा माओवादी केन्द्रका युवराज चौलागाई २२,९७९ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटत प्रतिद्वन्द्वी नेकपा एमालेका मिलन घिसिङले १८ हजार २ सय ६ मत प्राप्त गर्नुभएको छ ।

रामेछाप–१ (१) मा नेकपा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ प्रदेशसभा सदस्यमा निर्वाचित भएको छन् । उहाँले १७ हजार १ सय ४८ मत प्राप्त गरी नेकपा एमालेका उम्मेदवार तथा बागमती प्रदेशका पूर्वपर्यटनमन्त्री शान्तिप्रसाद पौडेललाई पराजित गर्नु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *