राजनीति

सबै प्रदेशमा छ्यासमिस नतिजा, कसरी गठन होलान् सरकार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर १० गते २१:३२
सबै प्रदेशमा छ्यासमिस नतिजा, कसरी गठन होलान् सरकार ? (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७९ काठमाडौं । सत्ता गठबन्धन सातवटै प्रदेश सभामा बहुमत उन्मुख देखिएको छ । सार्वजनिक भएका मतपरिणामअनुसार सबै प्रदेशमा प्रत्यक्षतर्फ एमालेभन्दा सत्ता गठबन्धनले धेरै सिट जितेको छ भने समानुपातिकमा पनि सत्ता गठबन्धन अगाडि देखिएको छ ।

संघमा बहुमत पुर्याउन सकस बेहोरिरहेको सत्तागठबन्धन प्रदेशमा भने सुविधाजनक अवस्थामा देखिएको छ । सबै प्रदेशमा सत्तागठबन्धन प्रत्यक्ष र समानुपातिक दुवैतर्फ अग्रता लिइरहेको छ । प्रदेशको समानुपातिकमा सांसद पाउन कुल सदर मतको १ दशमलव ५ प्रतिशत थ्रेस होल्ड कटाउनु पर्छ । सबै प्रदेशमा अहिलेसम्म सत्ता गठबन्धनका तीन वटा दलले त्यो थ्रेस होल्ड पार गरिरहेका छन् ।

प्रदेश १ , प्रत्यक्षतर्फ ५६ प्रदेश सभा क्षेत्र
प्रदेश १ मा ३७ वटा प्रदेश क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । जसमा एमालेले १८ सिट जितेको छ भने सत्ता गठबन्धनले १७ सिट जितेको छ । कांग्रेस ११ , माओवादी ६ स्थानमा जित । एमाले १८ र राप्रपा २ स्थानमा जित । तर, समानुपातिकतर्फ भने सत्ता गठबन्धनको अग्रता छ । प्रदेश १ मा समानुपातिकतर्फ एमालेले ३ लाख १६ हजार ६ सय ७७ मत ल्याउँदा सत्ता गठबन्धनको मत ३ लाख ९७ हजार ८ सय १४ मत छ ।

मधेस प्रदेश, प्रत्यक्षतर्फ ६४ प्रदेश सभा क्षेत्र
मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ ६४ सिटमध्ये एमाले गठबन्धनले २० स्थानमा जित्दा सत्ता गठबन्धनले २७ स्थानमा जितिसकेको छ । एमाले १२, जसपा ८ स्थानमा जित्दा सत्तागठबन्धनका कांग्रेस १२,लोकतान्त्रिक समाजवादी ७, माओवादी र एकीकृत समाजवादी ४–४ स्थानमा जित्दा यहाँ जनमत पर्टीले ८ स्थानमा जितेको छ । समानुपातिकतर्फ एमाले गठबन्धनले २ लाख १६ हजार ५ सय २४ मत ल्याउँदा सत्ता गठबन्धनले ६ लाख २८ हजार ४ सय ३२ मत प्राप्त गरेको छ ।

बागमती प्रदेश सभा, प्रत्यक्षतर्फ ६६ सिट
एमालेले ९ स्थान जित्दा सत्ता गठबन्धनले हालसम्म ३० सिट जितिसकेको छ । कांग्रेस १८, माओवादी केन्द्र ७, एकीकृत समाजवादी ४ स्थानमा जितेको छ । एमाले ९, राप्रपा ५, नेमकिपा १ र हाम्रो नेपाल पार्टीले एक स्थानमा जितेको छ । यता समानुपातिकतर्फ, एमालेले ३ लाख ३४ हजार ७ सय २९ मत ल्याएको छ भने सत्ता गठबन्धनको मत ४ लाख ७७ हजार २ सय ६९ छ ।

गण्डकी प्रदेश, प्रत्यक्षतर्फ ३६ सिट
प्रत्यक्षतर्फ ३६ सिट रहेको गण्डकी प्रदेश सभामा हालसम्म एमालेले १२ सिट ल्याउँदा सत्ता गठबन्धनले १६ सिट जितेको छ । समानुपातिकतर्फ एमालेले २ लाख ९१ हजार ४ सय ४० मत ल्याउँदा सत्ता गठबन्धनको ३ लाख ९० हजार ६ सय ७ मत छ ।

लुम्बिनी प्रदेश सभा, प्रत्यक्षतर्फ ५२ सिट
यहाँ सत्ता गठबन्धनले २० सिट जित्दा एमालेले १३ सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार ३ सय ९४ मत रहेको छ भने एमालेको मत ३ लाख ५४ हजार ३ सय ५६ मते छ ।

कर्णाली प्रदेशसभा, प्रत्यक्षतर्फ २४ सिट
जसमध्ये एमाले २ सिटमा जित निकालेको छ । सत्ता गठबन्धन १२ सिटमा विजयी भएको छ । समानुपातिकतर्फ एमालेको मत ८९ हजार २ सय १६ छ भने सत्ता गठबन्धनको मत १ लाख ८८ हजार १ सय ८१ छ ।

सुदुरपश्चिम प्रदेश सभा, प्रत्यक्षतर्फ ३२ सिट
यो प्रदेशमा एमालेले हालसम्म २ सिट जित्दा सत्ता गठबन्धनले १५ सिट जितिसकेको छ । समानुपातिकतर्फ एमालेको मत २ लाख २४ हजार ८४ मत ल्याएको छ भने सत्ता गठबन्धनले ३ लाख १९ हजार १ सय ६९ मत ल्याएको छ ।

७ वटै प्रदेशका अधिकांस प्रदेशसभाको नतिजा र गणना जारिरहेका स्थानका अग्रता हेर्दा कुनै पनि एउटै दल प्रदेश सरकार बनाउने अवस्था कमजोर देखिएको छ । सत्तागठबन्धन कायम रहेमा भने सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्