समानुपातिकतर्फ कांग्रेसले कटायो २० लाख, एमाले पहिलो स्थानमै

१० मंसिर २०७९ काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ नेकपा एमाले शीर्षस्थानमा छ ।
समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले २० लाख ८९ हजार ७२ मत पाएको छ ।
नेपाली कांग्रेसले २० लाख १६ हजार ६ सय २५ मत पाउँदा तेस्रो स्थानमा उक्लिएको नेकपा माओवादी केन्द्रले ८ लाख ९१ हजार ८ सय ८ मत ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ८ लाख ५४ हजार ८ सय ७१ मतसहित चौथो स्थानमा छ ।
पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ५७ हजार २ सय ९१ मत पाएको छ । जनता समाजवादी पार्टीले २ लाख ४९ हजार २४ मत ल्याएको छ ।
नेकपा एकीकृत समाजवादीले १ लाख ९४ हजार ५ सय ६४ मत ल्याएको छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले १ लाख ७५ हजार ८ सय ४९ मत प्राप्त गरेको छ।
जनमत पार्टीले १ लाख ७८ हजार १ सय ६० मत ल्याएको छ। लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४ हजार ३ सय २१ मत ल्याएको छ ।
प्रतिक्रिया