Main News

नेताहरुको असल राजनीतिक संस्कारलाई दर्साएको चुनावी दृश्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर ९ गते २०:३०
नेताहरुको असल राजनीतिक संस्कारलाई दर्साएको चुनावी दृश्य  (भिडियो रिपोर्टसहित)

९ मंसिर २०७९ काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । मत परिणाम आइसकेपछि केही स्थानमा यस्ता दृश्य देखिए, जस्ले नेताहरुको असल राजनीतिक संस्कारलाई दर्साएको छ ।

यो दृश्य हो, गुल्मी क्षेत्र नम्बर २ को । जहाँबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार गोकर्ण विष्ट निर्वाचित हुनुभयो । एकीकृत समाजवादीका सचिव तथा उम्मेद्वार रामकुमारी झाँक्रीलाई पराजित गर्दै निर्वाचित विष्टलाई बधाई दिन पराजित झाँक्रि पुग्नुभयो ।

झाँक्रीले निर्वाचित विष्टलाई खाँदा लगाएर मुस्कान सहित बधाई दिनुभयो ।

यो दृश्य चाँहि दाङ क्षेत्र नम्बर १ को हो । यो क्षेत्रमा एकीकृत समाजवादीबाट निर्वाचित मेटमणि चौधरीलाई नेकपा एमालेकी नेतृ अर्थात पराजित उम्मेद्वार शान्ता चौधरी बधाई दिन पुग्नुभएको छ । पराजित चौधरीले आफ्नै निधारमा लागेको अविर चौधरीलाई लगाएर बधाई दिनुभयो । चौधरीले बधाई दिँदै जनताको हरेक सुखदुखमा साथ दिन आग्रह समेत गर्नुभयो ।

लम्जुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभयो । उहाँ गठबन्धनका साझा उम्मेद्वार नेकपा माओवादीका देव गुरुङलाई हराउँदै निर्वाचित हुनुभएको हो । एमाले नेता पृथ्वीसुब्बा गुरुङसँग पराजित भएपछि देव गुरुङ खादा सहित बधाई दिन पुग्नुभयो ।

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी हुनुभयो । भण्डारीलाई एमालेका उपमहासचिव तथा उहाँका प्रतिद्धवन्दी प्रदीप ज्ञवालीले भेटेरै बधाई दिनुभयो । अनि यसरी हाँसोमजाक समेत चल्यो ।

यो पटकको निर्वाचनमा यस्ता दृश्य धेरै स्थानमा देखिए । जस्ले असल राजनीतिक संस्कारको विकास भएको प्रतीत गराउँछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *