Main News

तेह्रथुममा प्रतिनिधिसभातर्फ सुब्बा र गुरुङबीच कडा प्रतिस्पर्धा

२०७९ मंसिर ९ गते १९:५२
तेह्रथुममा प्रतिनिधिसभातर्फ सुब्बा र गुरुङबीच कडा प्रतिस्पर्धा

९ मंसिर २०७९ तेह्रथुम । एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेपाली काङग्रेसका उम्मेदवार सीता गुरुङ र नेकपा (एमाले) का विजय सुब्बाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म सम्पन्न मतगणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले १४ हजार चार सय तथा एमाले उम्मेदवार सुब्बाले १४ हजार दुई सय १९ मत प्राप्त गर्नुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म १९ हजार दुई सय २१ मत गणना भइसकेको छ । कुल मतदाता ७१ हजार नौ सय ३३ रहेकामा ४१ हजार दुई सय २१ जनाले मतदान गरेका थिए ।

कांग्रेस उम्मेदवार गुरुङले हालसम्म अग्रता कायम राख्दै आउनुभएको छ । छ स्थानीय तह रहेको तेह्रथुममा छथर गाउँपालिकाको मत गणना हुँदा एमालेकी सुब्बाले एक हजार भमर सय २७ मतले काग्रेसकी गुरुङलाई पछि पार्नुभएको थियो । लालिगुराँस नगरपालिकाको मत गणना सकिँदा भने गुरुङले आठ सय पाँच मतले सुब्बालाई पछि पार्नुभएको थियो ।

यस्तै म्याङलुङ नगरपालिकाको मतगणना सकिँदा पुनः सुब्बाले पाँच सय ३९ मतको अग्रता लिनुभएको थियो । आठराई गाउँपालिकाको मतगणना सम्पन्न हुँदा भने कांग्रेसकी गुरुङले एमालेका उम्मेदवार सुब्बालाई दुई सय ७१ मतान्तरले पछाडी पार्नुभएको छ । एमालेका सुब्बा यसअघि दुई पटक सांसद बनिसक्नुभएको छ । अब फेदाप गाउँपालिका र मेन्छ्यायेम गाउँपालिकाको मतगणना गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । फेदापमा सात हजार ११ तथा मेन्छ्यायेममा तीन हजार तीन सय ८९ मत खसेको थियो ।

तेह्रथुममा प्रदेशसभा (१) मा एमालेका किशोरचन्द्र दुलाल विजयी हुनुभएको छ । यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ विजयी हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *