Main News

अहिलेको जनमतले मुलुक थप जोखिममा जाने एमाले महासचिवको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर ९ गते १७:२८
अहिलेको जनमतले मुलुक थप जोखिममा जाने एमाले महासचिवको टिप्पणी (भिडियो रिपोर्टसहित)

९ मंसिर २०७९ दाङ । नेकपा एमालेका महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित शंकर पोखरेलले अहिलेको जनादेशले मुलुक थप जोखिममा परेको टिप्पणी गर्नुभएको छ ।

माओवादी केन्द्रकी केन्द्रिय सदस्य रेखा शर्मासँग १९७ मतले पराजय भोगेपछि पोखरेलले कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन नसकेकाले देश थप अस्थिर हुने खतरा रहेको दाबी गर्नुभयो । उहाँले मुलुकलाई सहि दिशामा लग्नका लागि आफू क्रियाशील रहने बताउनुभयो ।

फरक प्रसंगमा पोखरेलले दाङमा स्थायी राजधानी निर्माणलाई निर्वाचित जनप्रतिनिधिले प्राथमिक्तामा राख्नु पर्ने बताउनुभयो ।

यस्तै घोराही–तुलसीपुर सडक निर्माण, सुविधा सम्मपन्न एयरपोर्ट, औद्योगिक क्षेत्र निर्माण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल शिक्षा पढाई र दाङमा त्रिभुवन विश्वविद्यालय अन्तरगतको ईन्जिनियरिङ कलेज स्थापना हुनु पर्ने भन्दै यी योजना पूरा भएमा आफूले नजिते पनि केहि फरक नपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *