Main News
युवाले मात्रै देशको नेतृत्व गर्न नसक्ने कांग्रेस नेता कोइरालाको दाबी
२०७९ मंसिर ९ गते १७:१३

९ मंसिर २०७९ मोरङ । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद शेखर कोइरालाले युवाले मात्रै देशको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग नेता कोइरालाले नेतृत्वमा परिर्वतन आवश्यक रहे पनि युवा नै आउनुपर्छ भन्ने धारण गलत भएको बताउनुभएको हो । पाका नेताहरुले केही गर्न सक्दैनन् भन्ने भास्य गलत भएको नेता कोइरालाको प्रतिक्रिया छ ।
निर्वाचनको अन्तिम मत परिणाम आइनसकेकाले अहिले प्रधानमन्त्री को भनेर हिँड्न नहुने कोइरालाको तर्क छ ।
२०७४ को निर्वाचनमा आफैंलाई पराजित गरेका नेकपा एमालेका लालबाबु पण्डितलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया