Main News

धनुषा–३ मा एमालेका महतो निर्वाचित

२०७९ मंसिर ९ गते ९:०६
धनुषा–३ मा एमालेका  महतो निर्वाचित

९ मंसिर २०७९ धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ ।

उहाँले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गर्नुभएको छ भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गर्नुभएको छ । महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्नुभएको हो ।

दुईपटक समानुपातिक सांसद हँुदै मन्त्रीसमेत बन्नुभएको थियो । यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *