Main News

सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत विजयी

२०७९ मंसिर ९ गते ८:४१
सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत विजयी

९ मंसिर २०७९ मेलम्ची । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी हुनुभएको छ ।

उहाँले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गर्नुभएको हो ।

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गर्नुभएको हो । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याउनुभएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक–२ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो । सिन्धुपाल्चोक–२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *