Main News

बर्दिया–१ बाट कांग्रेसका गौतम विजयी

२०७९ मंसिर ९ गते ८:३५
बर्दिया–१ बाट कांग्रेसका गौतम विजयी

९ मंसिर २०७९ बर्दिया । बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी हुनुभएको छ ।

उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गर्नुभएको हो ।

गौतमले ३० हजार छ सय ११ मत तथा ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गर्नुभयो । गौतमले चार हजार चार सय ५६ मतान्तरले ज्ञवालीलाई पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो निर्वाचन क्षेत्रमा एक लाख ६२ हजार छ सय ६२ मतदाता रहेकामा एक लाख चार हजार चार सय दुई जनाले मतदान गरेका थिए । यहाँ छ हजार चार सय २१ मत बदर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *