Main News

डोल्पामा गठबन्धनबाट समाजवादीका बुढा विजयी

२०७९ मंसिर ८ गते २१:२०
डोल्पामा गठबन्धनबाट समाजवादीका बुढा विजयी

८ मंसिर २०७९ कर्णाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोल्पा जिल्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा विजयी हुनुभएको छ ।

बुढा ११ हजार दुई सय २५ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो । बुढाले पाँच हजार सात सय २७ मतान्तरले नेकपा (एमाले)का गणेशबहादुर शाहीलाई पराजित गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार शाहीले पाँच हजार चार सय ९८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राप्रपाका अंगद बुढाले छ सय ६१ मत प्राप्त गर्नुभएको थियो । डोल्पामा कूल २२ हजार चार सय ४० मतमा १६ हजार आठ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *