राजनीति

पर्वतबाट प्रतिनिधिसभा र प्रदेशसभा सबैमा एमाले विजयी

२०७९ मंसिर ८ गते १२:५३
पर्वतबाट प्रतिनिधिसभा र प्रदेशसभा सबैमा एमाले विजयी

८ मंसिर २०७९ पर्वत । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ ।

प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित हुनुभएको छ । साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो ।

कार्यालयका अनुसार प्रतिनिधिसभामा गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई दुई हजार दुई सय ६३ मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । गिरीले २९ हजार आठ सय ७२ मत प्राप्त गर्नुभएको छ । जोशीले २७ हजार छ सय नौ मत ल्याउनुभयो ।

प्रदेशसभा १ मा एमालेका भक्त कुँवरले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदीप कुँवरलाई पराजित गर्नुभयो । कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी ा माओवादी केन्द्रका उम्मेदवार कुँवरले १३ हजार सात सय ४२ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभा २ मा एमाले उम्मेदवार मित्रलाल बस्यालले १४ हजार एक सय ३२ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार दुई सय १० मत प्राप्त गर्नुभयो ।

जिल्लाका ६१ वडामा ६६ हजार दुई सय २६ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्