Main News

कञ्चनपुर–२ मा कांग्रेसका साउद विजयी

२०७९ मंसिर ८ गते ७:२४
कञ्चनपुर–२ मा कांग्रेसका साउद विजयी

८ मंसिर २०७९ दोधारा चाँदनी । कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद छ हजार चार सय ५५ मतान्तरले विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनीक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले २८ हजार एक सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नरबहादुर धामीले २१ हजार छ सय ४५ मात प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार नौ सय ३१ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार पाँच सय १० मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६४ हजार सात सय ५२ मत खसेको थियो । जसमा चार हजार नौ सय २० मत बदर भएको छ । प्रदेशसभाका दुईवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवारबहादुर सिंह थापाले एमालेका उम्मेदवार कृपाराम रानालाई एक हजार सात सय २६ मतान्तरले पराजित गर्दै पराजित विजयी हुनुभएको छ ।

थापाले १० हजार छ सय ६८ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रानाले आठ हजार नौ सय ४२ ल्याउनुभयो । त्यसैगरी नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काले चार हजार चार सय चार मत ल्याउनुभयो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ५० हजार आठ सय ८९ मतदाता रहेकामा ३० हजार नौ सय ४५ मत खसेका थिए । जसमा एक हजार छ सय ४१ मत बदर भएको निर्वाचन अधिकृत मोहन जोशीले बताउनुभयो ।

त्यसैगरी प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का ओम विक्रम भाट निर्वाचित हुनुभएको छ । उहाँले १० हजार नौ सय २५ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका बचनबहादुर सिंहले १० हजार चार सय ५० मत ल्याउनुभयो । त्यसैगरी नागरिक उन्मुक्तिका गीता चौधरीले ५ हजार एक सय ५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ मत ल्याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *