Main News

गोरखा–२ : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जित नजिक

२०७९ मंसिर ८ गते ६:४९
गोरखा–२ :  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जित नजिक

८ मंसिर २०७९ गोरखा । गोरखा–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा सदस्य पदमा जितको नजिक पुग्नुभएको छ ।

कूल ५३ हजार नौ सय ७८ मत खसेकामा ४९ हजार छ सय ८३ मत गणना सम्पन्न भएको छ । उहाँको मतान्तर १३ हजार दुई सय ३९ पुगेको छ ।

अध्यक्ष प्रचण्डका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीले ११ हजार दुई सय ४० मत प्राप्त गर्नुभएको छ । मतगणना हुन चार हजार दुई सय ९५ मात्र मत बाँकी रहेको जनाइएको छ ।

गोरखा–२ मा (नेकपा) एमालेका अब्दुस सलाममियाँ भने तेस्रो स्थानमा रहनुभएको छ । उहाँले अहिलेसम्म ६ हजार चार सय ६७ मत प्राप्त गर्नुभएको साहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *