Main News

पर्सा २ मा कांग्रेस नेता अजय चौरसिया निर्वाचित

हिमालय टिभी
२०७९ मंसिर ७ गते १८:१२
पर्सा २ मा कांग्रेस नेता अजय चौरसिया निर्वाचित

७ मंसिर २०७९ पर्सा । पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजय कुमार चौरसिया प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुरेन्द्रप्रसाद कुर्मीभन्दा ६ हजार ६ बढी मत ल्याएर कांग्रेस केन्दीय सदस्यसमेत रहेका चौरसिया निर्वाचित भएका हुन् । २८ हजार ४५१ मतसहित अजय प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा जसपाका सुरेन्द्रले २२ हजार ४४५ मत पाएका छन् ।

८६ हजार ९ सय ६६ मतदाता रहेको पर्सा क्षेत्र नम्बर २ मा मंसिर ४ गते सम्पन्न निर्वाचनमा ५९ हजार १ सय ८८ मत खसेको थियो । ०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट बिमल श्रीवास्तवले बाजी मारेका थिए ।

विमलले नेपाली कांग्रेसका अजयलाई नै पराजित गरेर सांसद बनेका थिए । मधेसी दल मिलेर लडेको चुनावमा विमलले २१ हजार १६९ मत पाउँदा अजयले १९ हजार ७०४ मत पाएका थिए । पछिल्लो समय लोसपामा रहेका बिमलले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *