Main News

तीन ठूला दलको अग्रता कायमै

२०७९ मंसिर ७ गते १८:०४
तीन ठूला दलको अग्रता कायमै

७ मंसिर २०७९ काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज अपराह्न ५ः३० बजेसम्म एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३२ स्थानमा मतगणना जारी छ । २० स्थानको नतिजा भने सार्वजनिक भइसकेको छ ।

आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेस आठ, नेकपा (एमाले) चार, नेकपा (माओवादी केन्द्र) दुई, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी एक÷एक तथा अन्य साना दल चार स्थानमा विजयी भएका छन् ।

जारी मतगणनामा गत निर्वाचनको तीन ठूला दलको अग्रता कायमै छ । कांग्रेस ४४, एमाले ४१, माओवादी १४, राष्ट्रिय स्वतन्त्र पार्टी सात, एकीकृत समाजवादी छ र अन्य दल तथा उम्मेदवार २० स्थानमा अगाडि छन् । १३ स्थानमा मतगणना हुन बाँकी छ ।

आयोगका अनुसार प्रदेशसभाको प्रत्यक्षतर्फ प्रदेश नं १ मा कांग्रेस तीन र माओवादी दुई स्थानमा विजयी भएका छन् । प्रदेश १ मा कांग्रेस नौ, माओवादी पाँच, एमाले २०, एकीकृत समाजवादी तीन र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा अगाडि छन् ।

मधेस प्रदेशमा जनमत पार्टी तीन, कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । मधेस प्रदेशमा जनमत पार्टी तीन, कांग्रेस ११, जसपा आठ, माओवादी केन्द्र छ, लोसपा चार र अन्य उम्मेदवार १९ स्थानमा अगाडि छन् ।

बागमती प्रदेशमा कांग्रेसका आठ, एमालेका चार, माओवादी र एकीकृत समाजवादीका एक÷एक उम्मेदवार विजयी भएका छन् । जारी मतगणनामा कांग्रेस १२, एमाले ११, माओवादी केन्द्र आठ, एकीकृत समाजवादी चार र राष्ट्रिय प्रजातन्त्र पार्टी छ स्थानमा अगाडि छन् ।

गण्डकीमा कांग्रेस तीन, एमाले दुई, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा विजयी भएका छन् । कांग्रेस १०, एमाले नौ, माओवादी केन्द्र चार र एकीकृत समाजवादी एक स्थानमा अगाडि छन् । लुम्बिनीमा एमाले दुई, जसपा दुई, कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र एक÷एक स्थानमा विजयी भएको छ । एमाले १३, कांग्रेस ११ र माओवादी केन्द्र तीन स्थानमा अगाडि छ ।

आयोगका अनुसार हालसम्म कर्णालीमा प्रदेशसभाको प्रत्यक्षतर्फको २४ सिटमध्ये कांग्रेस दुई स्थानमा विजयी भएको छ । कांग्रेस चार, माओवादी केन्द्र छ र एमाले दुई स्थानमा अगाडि छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस र माओवादी एक÷एक स्थानमा विजयी भएको छ । सो प्रदेशमा कांग्रेस छ, माओवादी केन्द्र चार, एमाले र नागरिक उन्मुक्ति पार्टी दुई÷दुई तथा एकीकृत समाजवादी र अन्य उम्मेदवार एक÷एक स्थानमा अगाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *