Main News
सप्तरी–२ मा जसपा अध्यक्ष यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी
२०७९ मंसिर ७ गते १६:३२
७ मंसिर २०७९ सप्तरी । सप्तरी २ मा जनता समावादी पाटी) (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई झण्डै १८ हजार मतअन्तरसहित जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत निर्वाचित हुनु भएको छ ।
राउत ३५ हजार ४२ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ६८ मत प्राप्त गर्नु भएको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याउनुभयाे ।
प्रतिक्रिया