Main News

बर्दिया २ मा स्वतन्त्रका चौधरी विजयी

२०७९ मंसिर ७ गते १६:०६
बर्दिया २ मा स्वतन्त्रका चौधरी विजयी

७ मंसिर २०७९ बर्दिया । बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ ।

गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गर्नुभयो ।

यसैगरी नेकपा (एमाले)का पङ्कजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गर्नुभयो भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गर्नुभयो । विजयी चौधरी रेशम चौधरीका बुबा हुनुहुन्छ ।

रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिनुभएका लालवीर चौधरीलाई सहयोग गरेको हो । क्षेत्र नं. २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

बर्दिया–१ (१) मा नेपाली कांग्रेसका थारू निर्वाचित
बर्दिया, ७ मङ्सिर (रासस)ः बर्दिया क्षेत्र नं २(१) प्रदेशसभा सदस्यमा नेपाली कांगे्रस भुवनेश्रर थारू विजयी हुनुभएको छ ।

उहाँले १६ हजार चार सय ७५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का शालिकराम अधिकारीले १६ हजार तीन सय ८४ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा ५० हजार आठ सय ६५ मत खसेकामा दुई हजार एक सय २९ मत बदर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *