Main News

स्वतन्त्र पार्टी उदाउँदा काठमाडौंमा यसरी खुम्चियो एमाले

हिमालय टिभी
२०७९ मंसिर ७ गते १५:०१
स्वतन्त्र पार्टी उदाउँदा काठमाडौंमा यसरी खुम्चियो एमाले

७ मंसिर २०७९ काठमाडौं । संघीय राजधानी काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण नेकपा एमाले खुम्चिन पुगेको छ ।

२०७४ सालको निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा विजयी एमाले अहिले एक क्षेत्रमा खुम्चिएको छ । त्यसबेला चार क्षेत्रमा विजयी कांग्रेसले अहिले एक सिट बढाएर पाँच क्षेत्रमा जित हात पारेको छ ।

यसपटक काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३ क्षेत्र जितिसकेको छ । एउटा क्षेत्रमा जितको नजिक छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन क्षेत्र नम्बर २ बाट सोविता गौतम, ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली र ८ बाट विराजभक्त श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

कांग्रेसबाट क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगन थापा, ५ बाट प्रदीप पौडेल र १० बाट राजेन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ ।

कांग्रेसले २०७४ मा जितेको निर्वाचन क्षेत्र नं। ६ भने यसपटक गुमाएको छ । क्षेत्र नम्बर ६ बाट भीमसेनदास प्रधान पराजित हुनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *