Main News

झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

हिमालय टिभी
२०७९ मंसिर ६ गते १६:४८
झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

६ मंसिर २०७९ झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ ।

अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ ।

यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन् । झापा–(१) मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गर्नुभएको छ । प्रारम्भिक परिणाम नुसार उहाँले नौ सय ८१ मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले छ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

झापा–५(२) मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि हुनुहुन्छ । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *