Main News

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

२०७९ मंसिर ६ गते १५:१९
कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

६ मंसिर २०७९ कास्की । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिनुभएको छ ।

जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा (एमाले)का विद्या भट्टराईले तीन हजार तीन सय ९८ मत सहित पछ्याउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले एक हजार नौ सय ७४ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले एक हजार तीन सय ४७ मत ल्याउनुभएको छ ।

त्यस्तै प्रदेशसभातर्फ कास्की–२ (१)मा एमालेका भीम कार्की तीन हजार आठ सय ३४ मतसहित अगाडि हुनुहुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले तीन हजार सात सय ४७ मतसहित पछ्याउनुभएको छ ।

सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले दुई हजार एक सय आठ र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले एक हजार दुई सय ४० मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *