Main News

तनहुँ–१ मा नेता पौडेलको अग्रता कायमै

२०७९ मंसिर ६ गते १२:५२
तनहुँ–१ मा नेता पौडेलको अग्रता कायमै

६ मंसिर २०७९ तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राख्नुभएको छ ।

जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उहाँले अग्रता कायम राख्नुभएको हो ।

सात हजार एक सय ७४ मतगणना हुँदा नेता पौडेलले दुई हजार चार सय ३७ मत पाउनुभएको छ । नेकपा (एमाले)का एकबहादुर रानाले दुई हजार तीन सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले आठ सय ९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले चार सय ४० र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तीन सय चार मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो ५४ दशमलव ३६ प्रतिशत हो । तनहुँ–१ प्रतिनिधिसभामा १० जना प्रतिस्पर्धामा छन् ।

तनहुँ–१ को प्रदेशसभा (१) मा कांग्रेसका अशोककुमार श्रेष्ठले सुरुआती चरणबाटै अग्रता कायम राख्नुभएको छ । चार हजार ६ सय मतगणना गर्दा गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले एक हजार नौ सय २४ मत प्राप्त गर्नुभएको छ भने एमालेका रामबहादुर गुरुङले एक हजार दुई सय ३८ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा ३६ हजार तीन सय ६५ मत खसेको छ ।

प्रदेशसभा (२)मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमानले दुई हजार ४० मत पाउनुभएको छ भने एमालेका पूर्णबहादुर गुरुङले एक हजार ५० मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवारले सुरुआती चरणबाट नै अग्रता कायमै राख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *