Main News

काठमाडौँ -९ मा एमालेका श्रेष्ठ दश हजार चार सय मतले अघि

२०७९ मंसिर ६ गते १२:०८
काठमाडौँ -९ मा एमालेका श्रेष्ठ दश हजार चार सय  मतले अघि

६ मंसिर २०७९ काठमाडौं । काठमाडौँ क्षेत्र नं ९ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्ण गोपाल श्रेष्ठ अगाडि हुनुहुन्छ ।

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उहाँले दश हजार चार सय ९० मतले अग्रता कायम राख्नुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले नौ हजार दुई सय ६५ मतले दोस्रो स्थानमा हुनुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कल्पना धमलाले पाँच हजार छ सय ४२ मत प्राप्त गर्नु भएको छ ।

अहिलेसम्म र ३७ हजार नौ सय ४९ मतगणना भएकामा एक हजार पाँच सय ९२ मत बदर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *