Main News

मोरङ ६ मा कांग्रेस र ५ मा स्वतन्त्रको अग्रता कायमै

२०७९ मंसिर ६ गते १२:०५
मोरङ  ६ मा कांग्रेस  र  ५ मा स्वतन्त्रको अग्रता कायमै

६ मंसिर २०७९ मोरङ । मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले एक हजार सात सय ७७ मत ल्याउनुभएको छ।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले चार हजार छ सय ९६ मतगणनामा गर्दा नेकपा ९एमाले०का लालबाबु पण्डितले एक हजार छ सय ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले पाँच सय १३ प्राप्त गर्नुभएको छ ।

यसैगरी क्षेत्र नं ६ ९१० प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले एक हजार नौ सय ४६, नेकपा ९माओवादी केन्द्र०का जीवन आचार्यले एक हजार चार सय १२ र राप्रपाका हीरा भट्टराईले आठ सय ५७ मत ल्याउनुभएको छ । उहाँहरुले चार हजार छ सय ६९ मतगणना गर्दा उक्त मत प्राप्त गर्नुभएको हो ।

यस्तै क्षेत्र नं ५ प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल ९जोगी०ले तीन हजार छ सय ९३,जसपा नेपालका राजकुमार यादवले तीन हजार दुई सय ९४ र नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार एक सय २२ मत प्राप्त गर्नु भएको छ ।

उहाँहरुले १२ हजार तीन सय ८२ मतगणना गर्दा उक्त मत प्राप्त गर्नुभएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो ।

यसैगरी क्षेत्र नं ५‘क’ प्रदेश सभातर्फ कांग्रेसका गयानन्द मण्डल गनगाईले पाँच हजार छ सय १८, एमालेका सन्तोषकुमार साहले चार हजार आठ सय ९९ र स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले दुई हजार एक सय ७४ मत ल्याउनु भएको छ । उहाँहरुले मतगणना भएको १५ हजार आठ सय १३ मा उक्त मत प्राप्त गर्नुभएको हो ।

मोरङ ४ मा अग्रता
मोरङ ४ को प्रतिनिधिसभा सदस्य तर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा ९माओवादी केन्द्र०का अमनलाल मोदीले पाँच हजार सात सय ९२ मत ल्याउनुभएको छ ।

जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी बुढाथोकीले सार्वजनिक गर्नुभएको मत परिणामअनुसार एमालेका विनोदप्रसाद ढकालले चार हजार एक सय ४९ र राप्रपाका रबी रिजालले तीन सय २६ मत प्राप्त गर्नुभएको छ । उहाँहरुले मतगणना भएको ११ हजार चार सय ७९ मा सो मत प्राप्त गर्नुभएको हो ।

यसैगरी क्षेत्र नं ४(क) प्रदेश सभातर्फ सत्ता गठबन्धनतर्फबाट कांग्रेसका गुरुराज घिमिरेले चार हजार एक सय ३६, एमालेका जयप्रकाश चौधरीले तीन हजार चार सय सात र राप्रपाका आशनारायण माझी थारुले छ सय ९९ मत ल्याउनुभएको छ । नौ हजार एक सय १७ मतगणना सम्पन्न भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *