Main News

काठमाडौँ ९ : एमालेका श्रेष्ठको अग्रता

२०७९ मंसिर ६ गते ८:२९
काठमाडौँ ९ : एमालेका श्रेष्ठको अग्रता

६ मंसिर २०७९ काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र ९ को मत गणना जारी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)कृष्ण गोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले सात हजार सात सय ७४ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की कल्पना धमलाले चार हजार आठ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार पछिल्लो मतगणनासम्म ३१ हजार सात सय ७२ मत गणना भएको छ । सो मध्ये एक हजार तीन सय आठ मत बदर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *