Main News

मकवानपुर–१ मा डिनालाई पछ्याउँदै थापा

२०७९ मंसिर ५ गते २१:१८
मकवानपुर–१ मा डिनालाई पछ्याउँदै थापा

५ मंसिर २०७९ मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं १ का सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले एक हजार आठ सय ९४ मत ल्याएर अग्रता लिनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले सूर्य चिह्नमा एक हजार एक सय ३४ मत प्राप्त गर्नुभएको छ । अर्का राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले दुई सय ८१ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा साँझ साढे ७ बजेसम्म तीन हजार छ सय ८५ मतगणना सकिएको छ ।

त्यसैगरी क्षेत्र नं २ मा चार हजार चार सय १७ मत गन्दा सत्ता गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले एक हजार नौ सय २० मत ल्याएर अग्रता हासिल गर्नुभएको छ ।

यसैगरी नेकपा(एमाले)का उम्मेदवार महेश बर्तौलाले एक हजार ६ सय पाँच मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय एक मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *