Main News

काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालको अग्रता

२०७९ मंसिर ५ गते २१:०१
काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालको अग्रता

५ मंसिर २०७९ काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता लिनुभएको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले सात सय १६ मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो ।

दुई हजार एक सय २३ मतगणना हुँदा दोस्रो मत नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले प्राप्त गर्नुभएको छ । उहाँले चार सय ९२ र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले चार सय ८२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खनालले बताउनुभयो ।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा १३ विभिन्न राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *