Main News

इलाम– १ मा एमालेका बस्नेतको सुरुवाती अग्रता

२०७९ मंसिर ५ गते १८:३१
इलाम– १ मा एमालेका बस्नेतको सुरुवाती अग्रता

५ मंसिर २०७९ इलाम । इलाम क्षेत्र नं १ मा नेकपा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिनुभएको छ ।

आज अपराह्नबाट सुरु भएको गणना जारी छ । साँझ ५ः३० बजे निर्वाचन कार्यलयले दिएको जानकारीअनुसार दुई हजार छ सय ८९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गर्दा नेकपा ( एकिकृत समाजवादी) का झलनाथ खनालले एक हजार ४१ मत प्राप्त गर्नुभएको छ । खनाल गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनमा इलामबाट एक लाख २९ हजार एक सय ७५ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ५७.७७ प्रतिशत हो ।

जसमध्ये पुरुषतर्फ ६८ हजार चार सय ५८ र महिलातर्फ ६० हजार सात सय १७ ले मतदान गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिनुभएको छ । दुई लाख २४ हजार आठ सय ७७ मतदाता सङ्ख्या रहेको इलाममा एक सय ५० मतदानस्थल र एक सय ३६ मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *