Main News

मधेश प्रदेशका जिल्लामा अझै सुरु भएन मतगणना

२०७९ मंसिर ५ गते ७:०१
मधेश प्रदेशका जिल्लामा अझै सुरु भएन मतगणना

५ मंसिर २०७९ जनकपुरधाम । मधेश प्रदेशका जिल्लामा आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य सुरू हुन सकेको छैन ।

प्रदेशका आठवटै जिल्लामध्ये कतिपय जिल्लामा मतगणना स्थलमा मतपेटिका सङ्कलन गर्ने र मतपेटिका रुजु गर्ने कार्य जारी रहेको तथा कतिपय ठाउँमा सर्वदलीय बैठकका कारण बिहान ८ बजेपछि मात्रै मतगणनाको तयारी भइरहेको छ ।

धनुषामा आजै रातिदेखि मतगणनाको प्रक्रिया सुरू हुने भनिए पनि सबै क्षेत्रको मतपेटिका सङ्कलन र रुजु गर्ने काम जारी रहेकाले बिहानदेखि मात्र मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।

यसैगरी सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सम्भवतः बिहान आठ बजेपछि मात्रै मतगणना सुरू हुने हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *