Main News

काठमाडौँ ७ मा मतगणना सुरु

२०७९ मंसिर ५ गते ६:५४
काठमाडौँ ७ मा मतगणना सुरु

५ मंसिर २०७९ काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना भर्खरै सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो ।

चार स्थानमा मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ । मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको निर्वाचन अधिृकत श्रेष्ठले जानकारी दिनुभयो । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक÷एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । सो क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको थियो ।

सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *