Main News

मधेश प्रदेशमा ६७ प्रतिशत मतदान

२०७९ मंसिर ५ गते ६:५१
मधेश प्रदेशमा ६७ प्रतिशत मतदान

५ मंसिर २०७९ जनकपुरधाम । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा मधेश प्रदेशमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ ।

नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले आठवटै जिल्लामा औसत ६७ दशमलव ६९ प्रतिशत मतदान भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार धनुषामा ६५ दशमलव ७७, महोत्तरीमा ६२ दशमलव ६४ र सप्तरीमा ६२ प्रतिशत मत खसेको छ । त्यस्तै, सर्लाहीमा ६२ दशमलव १५, रौतहटमा ६७, बारामा ६६ दशमलव ८६, पर्सामा ६९ र सिरहामा ६६ दशमलव ७७ प्रतिशत मत खसेको छ ।

छिटपुट घटनाबाहेक मधेश प्रदेशमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको पनि प्रवक्ता तिम्सिनाले बताउनुभयो ।

मधेश प्रदेशका आठ जिल्लामा ३२ वटा प्रतिनिधिसभा र ६४ वटा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा १८ लाख २७ हजार ८ सय ५४ जना पुरुष, १५ लाख ५८ हजार सात सय चार र अन्य ७० जना गरी कूल ३३ लाख ८६ हजार छ सय २८ मतदाता रहेका छन् । यहाँ दुई हजार १ सय ५६ मतदानस्थल र चार हजार दुई सय ३५ मतदान केन्द्र रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *