Main News

प्रधानमन्त्रीद्वारा डडेल्धुरामा मतदान

२०७९ मंसिर ४ गते १२:५९
प्रधानमन्त्रीद्वारा डडेल्धुरामा मतदान

४ मंसिर २०७९ डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा मतदान गर्नुभएको छ ।

उहाँले गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा आज बिहान मतदान गर्नुभएको हो । प्रधानमन्त्री देउवाले सोही मतदान केन्द्रमा रहेको विद्यालयमा अध्ययन गर्नुभएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका देउवा निर्वाचनअघि दुई पटक डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावीसभामा सहभागी हुनुभएको थियो ।

विसं २०४८ बाट डडेल्धुरादेखि निरन्तर चुनाव जित्दै आउनुभएका प्रधानमन्त्री देउवा अहिले साताँै पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *