राजनीति

लुम्बिनी प्रदेशमा ४१० निर्वाचनस्थल अतिसंवेदनशील (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २ गते २०:२०
लुम्बिनी प्रदेशमा ४१० निर्वाचनस्थल अतिसंवेदनशील (भिडियो रिपोर्टसहित)

२ मंसिर २०७९ बुटवल । लुम्बिनी प्रदेशमा निर्वाचन सुरक्षाका हिसाबले चार सय १० वटा निर्वाचनस्थल अतिसंवेदनशील छन् । खुल्ला सीमा क्षेत्र, साना हतियारको बिगबिगी र निर्वाचन विरोधी समुहको प्रभावका कारण लुम्बिनीका ४ सय १० मतदानस्थल अति संवेदनशील मानिएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा प्रतिनिधिसभाका लागि २६ र प्रदेशसभाका लागि ५२ निर्वाचन क्षेत्र छन् । त्यसका लागि १ हजार ६ सय ५० मतदानस्थल बनाइएको छ । ४ सय १० निर्वाचन स्थल अतिसंवेदनशील सूचीमा छन् ।

हिमाल, पहाड र तराई मिलेर बनेको यो प्रदेश कतिपय भौगोलिक विकटताका कारण पनि संवेदनशील छन् । निर्वाचन सुरक्षाका लागि प्रदेशमा १० हजार २ सय २ जना सुरक्षाकर्मी र १८ हजार म्यादी प्रहरी खटिएका छन् । प्रदेशमा निर्वाचनलाई शान्ति र निर्भययुक्त बनाउन संवेदनशील क्षेत्रमा थप सुरक्षा संवेदनशीलता अपनाउन र जनशक्ति प्रयोग गर्ने तयारीमा प्रहरी लागेको छ ।

लुम्बिनी प्रदेशका तराईका ६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । यहाँ खुल्ला सीमामात्र होइन खेतको कान्ला र घरका बलेनीले सीमा छुट्याएका समेत धेरै क्षेत्र छन् । सीमापारबाट आएर मतदान प्रभावित पार्नसक्ने चुनौती छ ।

लुम्बिनी प्रदेशमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत निर्वाचन विरोधी समूहको पनि प्रभाव छ । जसले एकातिर नागरिकलाई मतदान प्रक्रियषमा जान रोक्ने र अर्कोतर्फ निर्वाचन विरुद्ध त्रास र अफवाह फैलाउने काम गर्न सक्ने सुरक्षा अधिकारीको आकलन छ ।

निर्वाचनलाई लक्षित गरी गृह मन्त्रालयले प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र, नेपाली सेना र अनुसन्धान अधिकारीलाई शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिबद्ध गराएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि निर्वाचनसँग सम्बन्धित सुरक्षा र आचारसंहिता पालनबारे अनुगमन र निर्देशनको काम गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्