Main News

आयोगद्वारा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

२०७९ कार्तिक ३० गते १८:००
आयोगद्वारा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

३० कात्तिक २०७९ काठमाडौं । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ अनुसार उहाँको उम्मेदवारी खारेज भएको हो ।

उहाँले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले आयोगले उहाँको उम्मेदवारी बदर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *