Main News

चितवनमा गठबन्धनका उम्मेदवार श्रेष्ठको गाडी तोडफोड

हिमालय टिभी
२०७९ कार्तिक ३० गते १३:३७
चितवनमा गठबन्धनका उम्मेदवार श्रेष्ठको गाडी तोडफोड

३० कात्तिक २०७९ चितवन । चितवनको भरतपुरमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ ।

बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं १० पुरानो मेडिकल कलेज अगाडि घरदैलोमा हुनुहुन्थ्यो ।

गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *