प्रचण्डको चुनावी भाषण, जहाँ पुग्यो त्यहीँ प्रधानमन्त्रीको पद बाँड्दै (भिडियो रिपोर्टसहित)
२९ कात्तिक २०७९ काठमाडौं । निर्वाचन र मत परिणाम आउन बाँकी रहँदा प्रधानमन्त्रीका आकांक्षीहरु पनि देखिन थालेका छन् ।
एमालेले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्दा सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु आफैं भावि प्रधानमन्त्री हो भन्न हिच्किचाउँदैनन । कांग्रेसबाटै पाँच जनाभन्दा बढी प्रधानमन्त्रीका आकांक्षी देखिदा रामचन्द्र पौडेल पनि आफूलाई भावि प्रधानमन्त्री हुँ भन्दै आउनुभएको छ ।
उहाँलाई प्रधानमन्त्रीको लोभ देखाउन गठबन्धनकै अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अघि सर्नुभएको छ । किन पौडेललाई प्रधानमन्त्रीको लोभ देखाउँदै हुनुहुन्छ, प्रचण्ड ?
देश निर्वाचनको माहोलमा छ । निर्वाचनको मत परिणामका प्रक्षेपण हुन थालेका छन् । संसदीय प्रणालीमा संसदीय दलको नेता प्रधानमन्त्री हुने प्रावधान रहन्छ । तर, अहिले नै एमालेले आफ्नातर्फबाट भावि प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीलाई अघि सारेको छ ।
त्यस्तै सत्तारुढ गठबन्धन आवद्ध दलका नेताहरु पनि प्रधानमन्त्रीका आकांक्षी बनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा छैठौं पटक प्रधानमन्त्री बन्ने चाहनामा रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि भावि प्रधानमन्त्रीको लोभ छ ।
कांग्रेसकै अर्का नेता गगन थापा पनि आफूलाई प्रधानमन्त्रीको उम्मेदवार ठान्नुहुन्छ । सत्ता गठबन्धनकै अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि भित्रि चाहना प्रधानमन्त्री बन्नेछ । तर, पछिल्लो समय कांग्रेसको भोट तान्न रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउँने भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको छ ।
जानकार भन्छन्, प्रचण्ड जहाँ पुग्यो त्यहीँ अनुकुल अभिव्यक्ति दिन माहिर हुनुहुन्छ । अन्य पक्षलाई जुधाएर शक्ति र सत्ता वरिपरि रमाउने प्रचण्डले पौडेललाई प्रधानमन्त्री बन्ने सम्भावना रहेको कार्ड फाल्दाको राजनीतिक अर्थ के होला रु
प्रचण्डले पौडेललाई मात्र होइन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि प्रधानमन्त्री बनाउने आश्वासन दिंदै आउनुभएको छ । उहाँ त्यतिमा मात्र सिमिति हुनुहुन्छ, उहाँले चुनावी कार्यक्रममा कसैलाई मन्त्रीदेखि मुख्यमन्त्री बनाउने सपना पनि बाँड्न थाल्नुभएको छ ।
पौडेललाई प्रधानमन्त्री बानाउने प्रचण्डले आश्वासनले देउवासंगको बार्गेनिङको रुपमा त होइन भन्ने प्रश्न उब्जिएको छ । प्रचण्ड नेपाली राजनीतिका महत्वाकांक्षी नेता भएकाले आफुले प्रधानमन्त्री नपाएर देउवालाई समेत प्रधानमन्त्रीको रेसबाट आउट गर्नका लागि पौडल कार्डको प्रयोग गरेको कतिपयको तर्क छ ।
नेपाली राजनीतिमा देखिएको ठूलो समस्या भागवण्डा नै हो । यसै कारण राजनीतिक अस्थिरता पनि बढाउने गरेको छ । देउवा, पौडेल, थापासँगै शेखर कोइराला, प्रकाशमान सिंहले प्रधानमन्त्रीको दाबी गरिरहँदा कांग्रेसभित्रै खेलेर आफ्नो पल्लाभारी बनाउने नियतले पनि प्रचण्ड अभिव्यक्ति सार्वजनिक हुने गरेको टिप्पणी हुने गरेका छन् ।
भावी प्रधानमन्त्री देउवा र प्रचण्ड हुने आकलन भइरहको बेला प्रधामन्त्रीमा अन्य नेताहरुको समेत नाम जोडिएर आउनु र नेताको चरित्र हेर्दा चुनावपपछि प्रधानमन्त्रीकै भागबण्डा अझै पेचिलो हुने सम्भावना छ।
प्रतिक्रिया