Main News

संविधान बचाउनकै लागि गठबन्धन गर्नु परेको प्रधानमन्त्री देउवाको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २९ गते १७:५५
संविधान बचाउनकै लागि गठबन्धन गर्नु परेको प्रधानमन्त्री देउवाको दाबी (भिडियो रिपोर्टसहित)

२९ कात्तिक २०७९ नवलपरासीपश्चिम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान बचाउनकै लागि गठबन्धनलाई जिताउन आग्रह गर्नु भएको छ ।

पश्चिम नवलपरासीको कांग्रेस क्षेत्रीय समितिले गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले गठबन्धन चुनावपछि पनि जारी रहने भन्दै गठबन्धनलाई जिताएर पाँच वर्ष मुलुकको नेतृत्व गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको हो ।

उहाँले गठबन्धनले संविधानको व्यवस्थामा रहेर मात्रै काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो निर्वाचन महाभारत जस्तै पाँच पाण्डव र कौरव बीचको लडाइ भएको बताउनुभयो । उहाँले ओलि प्रवृत्तिको अन्त्यका लागि गठबन्धन सात प्रदेशमै विजय हुने दाबी गर्नुभयो गर्नुभयो ।

देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि आउने अध्यक्ष प्रचण्डको विश्वास छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *