राजनीति

कांग्रेस केन्द्रीय परिचालन समितिमा सदस्य थप

२०७९ कार्तिक २९ गते १६:३०
कांग्रेस केन्द्रीय परिचालन समितिमा सदस्य थप

२९ कात्तिक २०७९ काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ््सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठन गरेको निर्वाचन केन्द्रीय परिचालन समितिमा सदस्य थप गरेको छ ।

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन –२०७९ केन्द्रीय परिचालन समितिले आज मकवानपुरका राजकुमार जिएमलाई सदस्य मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) पार्टीका पूर्वउपसभापति श्रेष्ठलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन –२०७९ केन्द्रीय परिचालन समितिको संयोजकको जिम्मेवारी दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्