Main News

स्थानीय प्रशासनलाई निर्वाचन आयोगको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २८ गते १३:०६
स्थानीय प्रशासनलाई निर्वाचन आयोगको चेतावनी (भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०७९ काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष र विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा स्थानीय प्रशासन कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने चेतावनी दिनुभयो ।

निर्वाचन आयुक्त भण्डारीले अबको ३ दिन आचारसंहिता उल्लंघनका घटना बढ्न सक्नेतर्फ आयोग सचेत रहेको बताउनुभयो।

उहाँले गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *