Main News

भूकम्पका कारण एक जनाको मृत्यु, पालिकाद्वारा राहत

२०७९ कार्तिक २७ गते २०:२३
भूकम्पका कारण एक जनाको मृत्यु, पालिकाद्वारा राहत

२७ कात्तिक २०७९ बैतडी । गए राति गएको भूकम्पका कारण बैतडीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–१ सेल्तडाका ६६ वर्षीय हरि लुहार रहेका छन् । हरिको गए राति गएको भूकम्पका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भूकम्प जाने बेला घरभित्रै रहेका वृद्ध बाहिर भाग्ने क्रममा मृत्यु भएको हो ।”

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च स्वरूप रु २० हजार र बन्दोबस्तका सामग्री पनि हस्तान्तरण गरेको जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक अवस्था निकै नाजुक रहेको छ, तत्काल रु २० हजार किरिया खर्च र खाद्यान्नलगायत बन्दोबस्तको सामग्री पीडितको घरमै पुगेर हस्तान्तरण गरेका हौँ ।” गए राति ८ बजेर १२ मिनेटमा बझाङको पटादेवल केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्