Main News

मतदाता शिक्षामा बजेट बढ्छ, किन घट्दैन बदर मत ? (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक २५ गते २०:५९
मतदाता शिक्षामा बजेट बढ्छ, किन घट्दैन बदर मत ? (भिडियो रिपोर्टसहित)

२५ कात्तिक २०७९ काठमाडौं । यसपटकको निर्वाचनमा निर्वाचन आयोगले मतदाता शिक्षाका लागि ५० करोडभन्दा बढी बजेट छुट्याएको छ ।

पछिल्ला वर्षहरुमा भएको मत बदरको दरलाई आधार मान्ने हो भने झण्डै आधा अर्ब रुपैयाँ बालुवामा पानी हाले जस्तै हुने देखिएको छ । हरेक निर्वाचनमा ठूलो संख्यामा मत बदर हुँदा मतदाता शिक्षाका लागि छुट्टाइएको बजेट खेर गइरहेको अनुभुति मतदातालाई भैरहेको छ ।

निर्वाचनमा एक मतले पनि हार(जित हुन्छ । कतिपय स्थानमा त बराबर मत आएर गोलाप्रथाबाट विजयी उम्मेदवार घोषणा गर्नुपर्ने अवस्था आइलाग्छ । यति संवेदनशील कामका लागि निर्वाचन आयोग मत बदर नहोस् र मतदाताले मतमार्फत व्यक्त गरेको अभिमत खेर नजाओस् भनेर हरेक निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम चलाउने गरेको पनि छ ।

मतदान गर्ने तौरतरिका सिकाउन र सहज रुपमा मतदान गर्न पाउने मतदाताको अधिकार सुरक्षित गर्न निर्वाचन आयोगले मतदाता शिक्षाका नाममा हरेक निर्वाचनमा करोडौँ रकम खर्च गर्ने गरेको छ । यसपटक पनि आयोगले ५० करोड भन्दा बढि रुपैयाँ मतदाता शिक्षाको नाममा छुट्टाएको छ । तर विगतको उदाहरण हेर्ने हो भने आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिरहेको देखिँदैन ।

२०४८ यताका निर्वाचनमा बदर मतको दर
२०४८ को प्रतिनिधिसभा निर्वाचनमा बदर मतः ४.४२ प्रतिशत
२०५१ को प्रतिनिधिसभा निर्वाचनमा बदर मतः ३.१६ प्रतिशत
२०५६ को प्रतिनिधिसभा निर्वाचनमा बदर मतः २.७५ प्रतिशत
२०६४ को संविधानसभा (प्रत्यक्ष) निर्वाचनमा बदर मतः ५.१५ प्रतिशत
२०६४ को संविधानसभा (समानुपाति) निर्वाचनमा बदर मतः ४.२८ प्रतिशत
२०७० को संविधानसभा (प्रत्यक्ष) निर्वाचनमा बदर मतः ५ प्रतिशत
२०७० को संविधानसभा (समानुपातिक) निर्वाचनमा बदर मत स् २।८७ प्रतिशत
२०७४ को प्रतिनिधिसभा (प्रत्यक्ष) निर्वाचनमा बदर मतः ५.१८ प्रतिशत
२०७४ को प्रतिनिधिसभा ९समानुपातिक० निर्वाचनमा बदर मतः १० प्रतिशत
२०७४ को प्रदेशसभा (प्रत्यक्ष) निर्वाचनमा बदर मतः ४.२५ प्रतिशत
२०७४ को प्रदेशसभा (समानुपातिक) निर्वाचनमा बदर मतः १५ प्रतिशत

प्रस्तुत तथ्यांकले के स्पष्ट हुन्छ भने निर्वाचनमा ठूलो खर्च गरेर गरिने मतदाता शिक्षाको प्रभावकारिता कम भएको छ । त्यसो त जतिजति नागरिकमा शिक्षा र साक्षरता बढ्दै गएको भनिएको छ, त्यति नै बदर हुने मतको संख्या पनि बढिरहेको छ । निर्वाचन आयोग भने मतदाता शिक्षाका लागि छुट्टाएको रकमको सदुपयोग गरी मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउने दाबी गरिरहन्छ ।

मतबदर हुनुको टाउको दुखाई निर्वाचन आयोगलाई मात्रै नभएर दलहरु र स्वयम् उम्मेदवारहरुलाई पनि स्वभाविक रुपमा हुने गरेको छ । प्राविधिक कारण मत बदर भएको आयोगको दाबी छ ।

मत बदरका कारणहरु के हुन त ?
मतपत्रको ढाँचा ठूलो हुनु
दुई वा दुईभन्दा धेरै दलका बीचको तालमेल
दलहरुले मत माग्दा मतदान गर्ने तरिका नसिकाउनु
मतदानप्रति मतदाताको अरुचि
आयोगले पर्याप्त मतदाता शिक्षा दिन नसक्नु
मतदानको पद्धति हरेक निर्वाचनमा परिवर्तन हुनु

निर्वाचन आयोगले पर्चा, पम्प्लेट, ब्रोसर, फिलिप चार्ट उत्पादन गरेर मतदातालाई सुसूचित गर्ने काम गरिरहेको छ । त्यस्तै स्थानीय तहहरुसंगको सहकार्यमा घरदैलो अभियान, विभिन्न श्रव्यदृश्य सामाग्री निर्माण गरि आमसञ्चारका माध्यमबाट प्रशारणरप्रकाशन, सामाजिक सञ्जालहरुबाट विभिन्न सामाग्री प्रकाशन, नमुना मतदान लगायतका कार्यक्रमसमेत आयोगले गररहेको पाइन्छ ।

त्यस्तै युवाहरुर्लाइ मतदातमा आर्कषित गर्न सामाजिक सञ्जालहरुमा प्रतियोगिता सञ्चालन गर्ने र कतिपय अवस्थामा सांगीतिक कार्यक्रम पनि सञ्चालन गरिरहेको आयोगको भनाइ छ । तर आयोगको प्रयास लक्षित क्षेत्रहरुमा केन्द्रित हुन नसक्दा हरेक निर्वाचनमा बदर मतको संख्या बढ्दै गइरहेको पाइन्छ ।

यसले आयोगले ठूलो बझेट खर्च गरेर गर्ने यस्ता कार्यक्रमको प्रभावकारिताबारे समीक्षा नगरेका कारणसमेत हरेक निर्वाचनमा बदर मत बढ्ने गरेको देखिन्छ । यो विषयमा निर्वाचन आयोग गम्भीर हुनुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *