Main News

महँगी बढाउन ठूला व्यवसायीकै चलखेल !, मारमा सर्वसाधारण (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक २५ गते २०:५४
महँगी बढाउन ठूला व्यवसायीकै चलखेल !, मारमा सर्वसाधारण (भिडियो रिपोर्टसहित)

२५ कात्तिक २०७९ काठमाडौं । निर्वाचनको मुखमा हरेकजसो उपभोग्य वस्तुको मूल्य आकासिएको छ । सरकारी सयन्त्र निर्वाचनमा होमिँदा व्यापारीहरुले हरेक दिनजसो उपभोग्य वस्तुको मूल्य बढाइरहेका छन् । सरकारले बजार अनुगमनलाई बेवास्ता गर्दा पनि व्यवसायीको मनोमानी बढिरहेको देखिन्छ ।

देश निर्वाचनमा होमिँदै गर्दा बजारमा उपभोग्य बस्तुको मूल्य मनोमानी रुपमा बढेको छ । उपभोक्ताहरु खाने तेल, दाल, चामलदेखि तरकारीको मूल्य बढ्दा मारमा मरेका छन् ।

चाडपर्वका बेलासमेत ८० रुपैयाँ प्रतिकेजी मूल्य पर्ने चामलको मूल्य अहिले प्रतिकेजी १ सय पुगेको छ । १२० रुपैयाँ केजी पर्ने बासमती चामलको मूल्य १५० रुपैयाँ पुगेको छ ।

एक महिनाअघि मासको दाल प्रतिकेजी १३० रुपैयाँमा पाइन्थ्यो । अहिले १६० रुपैयाँ प्रतिकेजी पुगेको छ । मुग दाल खोस्टा प्रतिकेजी १४० रुपैयाँबाट १८० रुपैयाँ पुगेको छ । चिनी ९० रुपैयाँ प्रतिकेजीबाट बढेर अहिले १०५ रुपैयाँसम्म मूल्य पुगेको छ ।

त्यस्तै, सनफ्लावर तेल र तोरीको तेलको मूल्य पनि ह्वात्तै बढेको छ । २५० रुपैयाँ पाइने सनफ्लावर तेलको मूल्य अहिले बजारमा २९५ रुपैयाँ प्रतिलिटर पुगेको छ । १५ दिनयता मात्रै तेलमा १५ प्रतिशत मूल्य वृद्धि भएको छ । सीमित ठूला व्यपारीको कारण मूल्य बढिरहेको खुद्रा व्यवसायी नै बताउँछन् ।

यस्तै तरकारी र फलफूलको मूल्य पनि उत्तिकै बढेको छ । व्यापारीले चुनावकै मुखमा आफूखुसी मूल्यवृद्धि गर्दा पनि नियमनकारी निकाय कानमा तेल हालेर बसेको छ । स्थान र पसलैपिच्छे खाद्य वस्तुको मूल्य फरक फरक छ ।

आकाशिएको बजार मूल्य नियन्त्रणका लागि बजार अनुगमन गरी उपभोक्तालाई राहत दिनुपर्ने सरकारको दायित्व हो । उपभोग्य सामानको बजार नियन्त्रण गर्न नसकेको सरकार अनुगमन भइरहेको भन्न भने छुटाउँदैन ।

सरकारी निकायले बजारमा हस्तक्षेप गर्न नसक्दा बजार मनमौजी भएको छ । जसका कारण उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् । देश निर्वाचनमा होमिँदा वृद्धि भएको मूल्य अब पुनः नियन्त्रणमा आउन कठिन छ । यस्तो अवस्थामा सरकारले कस्तो कदम चाल्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *