Main News

लुम्बिनी प्रदेशको राजधानी देउखुरीबाट बुटवल ल्याउने एमाले र कांग्रेसको दावी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २५ गते १७:१४
लुम्बिनी प्रदेशको राजधानी देउखुरीबाट बुटवल ल्याउने एमाले र कांग्रेसको दावी (भिडियो रिपोर्टसहित)

२५ कात्तिक २०७९ बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीबाट रुपन्देहीको बुटवल फिर्ता ल्याउने दावी गर्नुभएको छ ।

बुटवलमा आयोजित हिमालय टेलिभिजनको महासंग्राम बहसमा उपाध्यक्ष पौडेलले एउटा प्रदेशसभाबाट भएको निर्णयलाई अर्को प्रदेशसभाले उल्ट्याउन मिल्ने भन्दै राजधानी बुटवल ल्याएरै छाड्ने दावी गर्नुभएको हो ।

उहाँले दाङ राजधानी सार्ने सन्दर्भमा आफूले प्रतिकार गरे पनि परिस्थितिले सम्भव नभएको बताउनुभयो । आगामी निर्वाचनबाट लुम्बिनीमा एमाले नेतृत्वको सरकार बन्ने र राजधानी बुटवल ल्याउने पौडेलको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी मुकाम तोके पनि प्रदेश सरकारले अन्यत्र सारेको बताउनुभयो । आगामी प्रदेश सरकारले बुटवललाई नै प्रदेशको राजधानी बनाउने उहाँको दावी छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले लुम्बिनी प्रदेशको राजधानी बनाउँछु भनेर दाबी गर्नेले नै दाङका लागि मतदान गर्न बाध्य पारेको आरोप लगाउनुभयो ।

कार्यक्रममा वामपन्थी नेता घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तर्फ लक्षित गर्दै विकासको परिभाषा विगारेको आरोप लगाउनुभयो । राजनीतिक दलले विकासका सूचकलाई गफमा मात्रै सीमित गरेको भुसालको टिप्पणी छ ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले बुटबल नारायणगढ सडकखण्डका सन्दर्भमा भएको विकासको गलत तरिका सच्याउने प्रतिबद्ध व्यक्त गर्नुभयो । उहाँले सत्ता गठबन्धनलाई दक्षिणपन्थी गठबन्धन नसोच्न आग्रह गुर्नभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता मनिकर कार्कीले आम निर्वाचनमा ताममेल गलत हुने बताउनुभयो ।

कार्यक्रममा सहभागीले बुटवल नारायणगढ सडकखण्ड, कालीगण्डकी तिनाउ डाइर्भसन र प्रदेशको राजधानीको बिषयमा जोड दिएका थिए । हिमालय टेलिभिजनको महासंग्राम बहस पर्सि २७ गते कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *