Main News

चुनाव प्रचारमा कोभिडको त्रास, भेला हुँदा स्वास्थ्य सावधानी अपनाउन सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २२ गते १४:४०
चुनाव प्रचारमा कोभिडको त्रास, भेला हुँदा स्वास्थ्य सावधानी अपनाउन सुझाव (भिडियो रिपोर्टसहित)

२२ कात्तिक २०७९ काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भिडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा मन्त्रालयले निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरुमा भिडभाड गर्दा संक्रमण दर बढ्नसक्ने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभयो ।

डा. अधिकारीले कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भिडभाड हुने ठाउँमा नजान पनि आग्रह गर्नुभयो । उहाँले भिडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताउनु भयो ।

मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीले नेपालमा खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *