राजनीति

जसपाको घोषणापत्र : पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीसम्म (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक १९ गते २०:२२
जसपाको घोषणापत्र : पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीसम्म (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०७९ काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिबद्धता पत्र नाम दिएर घोषणापत्र सार्वजनिक गरेको छ ।

जनता समाजवादी पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पहिचान सहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, आर्थिक समृद्धिका लगायत थुप्रै एजेण्डा समावेश गरिएको छ ।

संविधान संशोधन, शासकीय स्वरुप परिवर्तन, आर्थिक समृद्धिका थुप्रै नारासहित जनता समाजवादी पार्टी जसपाले आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

३२ पृष्ठको घोषणापत्र ५ खण्डमा विभाजन गरिएको छ । जसपा अवाश्यकताको पृष्ठभूमी र पार्टीको राजनीतिक दृष्टिकोण तथा भावी नीति तथा क्रार्यक्रम समेटिएको छ ।

घोषणापत्र कार्यान्वयनमा प्रतिबद्ध रहेको दाबी गर्दै अध्यक्ष उपेन्द्र यादवले आफूहरु पहिचान सहितको संघीयता र समावेशी राज्य निमार्ण गर्ने पक्षमा रहेको जिकर गर्नुभयो ।

के छन् जनता समाजवादी पार्टीका चुनावी एजेण्डा ?
– संविधान संशोधन
– समानता, स्वतन्त्रता, सामाजिक न्यायसहितको सामाजवादी लोकतान्त्रिक गणतन्त्र
– पहिचान सहितको संघीयता र समावेशी राज्य
– पूर्णसमानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली
– शिक्षा स्वास्थ्य र रोजगारको सुनिश्चितता
– विदेशी पूँजीका लागि लगानीमैत्री वातावरण
– प्रादेशिक अर्थतन्त्रको आधारशिला तयार गरी कार्यान्वयन
– भूमिहीन तथा सुकुम्वासीलाई वसोवासको व्यवस्था
– हुलाकी राजमार्ग निर्माण सम्पन्न
– मधेसमा रेल्वे निर्माण, उत्तर(दक्षिण जोड्ने सडक मार्ग
– कुषि उत्पादनमा वृद्धि, सिँचाइ र मलखादको व्यवस्था
– चुरे संरक्षण, जैविक विविधता र पर्यावरण संरक्षण
– काठमाडौंको चन्द्रागिरिदेखि धुलिखेलसम्म मेट्रो रेल सञ्चालन

लामो समयदेखि संविधान संशोधनको एजेण्डा उठाइरहेको जनता समाजवादी पार्टी यसपटक पनि त्यही नारासहित चुनावी मैदानमा देखिएको छ । यो एजेण्डाका लागि ठूलो आन्दोलनको नेतृत्व गरेको यो पार्टी पटकपटक सरकारमा गएर पनि यो एजेण्डामा उपलब्धि हासिल गर्न सकेन । यसपटक पनि यही विषय उसको मुख्य एजेण्डा छ ।

मधेश आन्दोलनबाट स्थापित यो पार्टीमाथि मधेशकै नागरिकहरु सन्तुष्ट नभइरहेका बेला यसपटक पनि जसपाले तिनै मुद्दाहरु उठाएर मधेसको मन जित्ने प्रयास गरेको छ । देशभर संगठन भएको भनिएको जसपाले यसपटक आफ्नो घोषणा पत्रमा पहाड र हिमाल पनि समेट्ने प्रयास गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *