राजनीति

गठबन्धनले देश कंगाल बनाउने ओलीको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक १९ गते १६:३८
गठबन्धनले देश कंगाल बनाउने ओलीको दाबी (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा रहेका दलको घोषणापत्र शब्दहरुको थुप्रो मात्र भएको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन उद्घाटनमा अध्यक्ष ओलीले जनता अलमल्याउने गरी जादुगरी कुराहरु राखेर घोषणापत्र बनाएको बताउनुभएको हो ।

चुनावमा बेलमा ल्याउनैपर्ने भएकाले मात्र सत्तारुढ दलले घोषणापत्र ल्याएको भन्दै ओलीले गठबन्धनसँग कुनै योजना र कार्यक्रम नभएको दाबी गर्नुभयो । उहाँले गठबन्धन देशलाई कंगाल बनाउने आरोप लगाउनुभयो ।

मंसिर ४ को चुनावबाट एमालेबाहेक अर्को कुनै पनि दल बलियो राष्ट्रिय शक्तिको रुपमा आउन नसक्ने ओलीको जिकिर छ ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संकेत गर्दै नाकाबन्दी र उत्तरी छिमेकी देशसँग सम्झौता गरेपछि आफूलाई हटाएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *