Main News

डेङ्गु सङ्क्रमण दर ५० प्रतिशतले घट्यो, जोखिम कायमै

हिमालय टिभी
२०७९ कार्तिक १९ गते १०:१३
डेङ्गु सङ्क्रमण दर ५० प्रतिशतले घट्यो, जोखिम कायमै

१९ कात्तिक २०७९ काठमाडौं । अघिल्लो महिनाको तुलनामा नेपालमा डेङ्गु सङ्क्रमणको दर ५० प्रतिशतले घटेको छ ।

असोजको दोस्रो सातासम्म २७ हजारमा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा कात्तिक महिनामा भने दोस्रो सातासम्ममा १३ हजारमा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

चिसो मौसमको शुरू भएसँगै नेपालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या कम भएको छ । तर, सङ्क्रमणको जोखिम भने कायमै रहेको सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन् ।

जथाभावी जडिबुटी सेवन गर्दा फाइदाभन्दा नोक्सानी गर्ने सम्भावना भएको भन्दै त्यस्तो जोखिम लिन नहुने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।

नेपालमा गत साउनदेखि हालसम्म कुल ४६ हजार ७३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ भने सङ्क्रमणका कारण ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *