Main News

कात्तिक २४ भित्रमा मतपत्र ढुवानी गरिसक्ने आयोगको तयारी

हिमालय टिभी
२०७९ कार्तिक १९ गते १०:०७
कात्तिक २४ भित्रमा मतपत्र ढुवानी गरिसक्ने आयोगको तयारी

१९ कात्तिक २०७९ काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएसँगै निर्वाचन आयोगले यही कात्तिक २४ गतेभित्रमा ढुवानी गरिसक्ने तयारी गरेको छ ।

आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी ८ करोड मतपत्र छपाइको काम सकिएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रमा पठाउन ढुवानीलाई तीब्रता दिइएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुषालले जानकारी दिनुभयो । समानुपातिको मतपत्र यसअघि नै ढुवानी भइसकेको उहाँको भनाइ छ ।

एक सय वटा अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय अनुसार ती मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण समेत प्रदान गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *