Main News
ब्याजदर वृद्धिको विरोधमा उद्योगी, के सडक आन्दोलनले ब्याजदर घट्ला? (भिडियो रिपोर्टसहित)
२०७९ कार्तिक १८ गते २१:०४
![ब्याजदर वृद्धिको विरोधमा उद्योगी, के सडक आन्दोलनले ब्याजदर घट्ला? (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2022/11/byapari-andolan.jpg)
१८ कात्तिक २०७९ काठमाडौं । ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै उद्योगी, व्यवसायी बैंक तथा वित्तीय संस्थाप्रति रुष्ट देखिएका छन्।
१७ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर घटाउनका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकसमक्ष लबिङ गर्दै आएका थिए । तर, सरकारले कुरा नसुनेको भन्दै निराश उद्योगी, व्यवसायी पछिल्लो समय सडक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा नाफा बढाउन दबाब दिने बैंक सञ्चालक पनि सहभागि थिए ।
प्रतिक्रिया