Main News

आज पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ कार्तिक १८ गते १०:००
आज पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

१८ कात्तिक २०७९ काठमाडौं । आज देशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले आज दिउँसो पहाडी भूभागको मौसम आशिंक बदली भइ एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

भोलिलाई भने प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *